काठमाडौं, भदौ २४ । नेपाल पौडी संघले शुक्रबार विभिन्न समयमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा कीर्तिमान बनाउन सफल पौडी खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । संघले राष्ट्रिय खेलकुद परिषदको सेमी कभर्डहलमा आयोजित कार्यक्रमकाबीच रियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गरेका पौडीबाज शिरीष गुरुङ कुल *८० हजार रुपैयाँसहित सम्मानित भएका हुन् । शिरीषलाई संघ र व्यक्तिगत गरी…