काठमाडौं, भदौ २२ । युरोपियन च्याम्पियन पोर्चुगलले विश्वकप छनोट चरणको पहिलो खेलमा हार व्यहोरेको छ । मंगलबार राति भएको युरोपेली समुह बी को खेलमा पोर्चुगललाई स्विट्जरल्याण्डले २-० ले हराएको हो । खेलमा स्विट्जरल्याण्डलाई विजयी गराउन ईम्बोलो र मेहेमेदीले एक/एक गोल गरे । यही समुहका अन्य खेलहरुमा लात्भियाले एण्डोरालाई १-० ले हराउँदा हंगेरी र फारो आईल्याण्डले…