काठमाडौं, भदौ १८ । विश्वकप छनोटअन्तर्गत आज भएको खेलमा अमेरिकाले शानदार जित हात पारेको छ । अमेरिकाले विश्वकप छनोटको चौथो चरणको खेलमा सेन्टर विन्सेन्ट एन्ड ग्रेनेडिन्सलाई ६–० ले हराएको हो । अमेरिकाले दुवै हाफमा तीन–तीन गोल गरेको थियो । २८ औं मिनेटमा बबी उडले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए । त्यसैग्री ३२ औं मिनेटमा…