काठमाडौं, भदौ १४ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएसनले लगातार तेस्रो बराबरी खेलेको छ । तेस्रो बराबरी खेल्नेक्रममा मध्यपुरले मंगलबार ब्वाइज युनियन क्लबलाई २–२ गोलको बराबरीमा रोकेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको तनावपूर्ण खेलको सुरुआतमै दुबै टिमका दुई खेलाडी बाहिरिन पुगे । गणेश खड्काले ब्वाइज युनियनका लागि ‘डेब्यु’ खेलमै…