काठमाडौं, कात्तिक ३० । नेपालले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मलेसियाको कुचिङस्थित सरावक रंगशालामा मंगलबार भएको फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको हो । नेपालका लागि सुजल श्रेष्ठले २९औं मिनेटमा गोल गरे । उनले भरत खवासले मिलाइदिएको पासलाई सदुपयोग गर्दै हेडमार्फत् गोल गरेका हुन् । प्रतिस्पर्धात्मक खेलमा…