काठमाडौं, साउन २ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरमा पूर्वाञ्चलमा हुने भएको छ । आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठकले मंसिर ८ देखि १५ गतेसम्म राष्ट्रिय खेलकुद गराउने निर्णय गरेको हो । २०६८ सालमा सुदूरपश्चिममा भएको छैटौं राष्ट्रिय खेलकुदपछि सातौं खेल हुन अलमल भइरहेको छ । गत वर्ष मंसिरमै गर्ने भनिएको प्रतियोगिता पनि…