काठमाडौं, असार १८ । बार्सिलोनाका स्टार स्ट्राइकर नेइमार अरु पाँच वर्ष बार्सामै रहने भएका छन् । उनले थप पाँच वर्षको नयाँ सम्झौता गरेको क्लबले जनाएको छ । नयाँ सम्झौतासँगै ब्राजिलका कप्तान नेइमारलाई बार्सिलोनाबाट किन्न चाहनेले दुई सय ५० मिलियन अर्थात् ३० अर्ब ४८ लाख नेपाली रुपैयाँ तिर्नुपर्ने भएको छ । अनुबन्धको पहिलो वर्षमै किन्न चाहनेले…