काठमाडौं, असार ५ । रियो दि जेनेरियोमा हुने ३१ औं ग्रिष्मकालीन ओलम्पिकका लागि वाइल्डकार्डमार्फत छनोट भएकी निशा रावलका लागि तेक्वान्दो सम्बन्धित चलचित्र ‘रिलेशन’ले पुरस्कारको घोषणा गरेको छ । ‘रिलेशन’ चलचित्रका नायक तथा निर्माता ग्रान्डमास्टर दिवाकर डान महर्जनले निशाले ओलम्पिकमा एक बाउट जितेको खण्डमा एक लाख रुपैयाँ प्रोत्साहनस्वरुप ‘रिलेशन’ चलचत्रिका तर्फबाट प्रदान गर्ने घोषणा गरेका हुन्…