काठमाडौं, जेठ २५ । कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान भएका खेलमा अर्जेन्टिना र पानामा विजयी भएका छन् । समुह डि अन्तर्गतको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको हो । मध्यान्तरसम्म गोलरहीत बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अर्जेन्टिनाले दुई गोल गर्यो ।खेलमा अर्जेन्टिनाका लागि एन्जल डि मारिया र एभर बानेगाले १–१ गोल गरेका हुन् । चिलीका होजे…