काठमाडौं, वैशाख २४ । इंग्लिश फुटबल क्लव लिभरपुल र स्पेनको सेभिया यस वर्षको युरोपा लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । गएराति सम्पन्न सेमिफाईनल दोस्रो लेगका खेलमा विजयी हुँदै लिभरपुल र सेभियाले उपाधि भिडन्त तय गरेका हुन् । लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा घरेलु टोलीले स्पेनको भियारियाललाई ३–० ले हरायो । लिभरपुलका लागि ड्यानियल…