दुबई, वैशाख १४ । ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट विजेता टिम वेस्ट इन्डिजका खेलाडीको व्यवहारलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले आपत्ति जनाएको छ । उपाधि हासिल गरेलगत्तै वेस्ट इन्डिजका कप्तान डारेन सामी लगायत केही खेलाडीले दिएको प्रतिक्रियामा आइसीसीले आपत्ति जनाएको हो । उनीहरुले वेस्ट इन्डिज क्रिकेट बोर्डको आलोचना गरेका थिए । दुबईस्थित आइसीसीको मूख्यालयमा बसेको बोर्ड बैठकले…