काठमाडौं, वैशाख १० । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ । उपाधि दावेदारी जिवित राख्ने क्रममा आर्सनलले वेष्ट ब्रोमलाई २–० ले हरायो । आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन दुबै गोल अलेक्सीस सान्चेजले गरे । जितसँगै आर्सनल ३४ खेलबाट ६३ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ…