काठमाडौं, चैत ४ । बार्सिलोना र बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । बुधबार राती भएका प्रि क्वाटरफाईनल दोस्रो लेगका खेलहरुमा सहज जित हात पार्दै यी दुई टोलीले अन्तिम आठमा ठाँउ बनाएका हुन् । खेलमा स्पेनको बार्सीलोनाले इंग्लण्डको आर्सनललाई ३-१ ले हरायो । बार्साको लागि नेईमार, लुईस सुवारेज र लियोनल…