काठमाडौं । युगान्डामा जारी वुमन्स डे कप क्रिकेटमा नेपालले हङकङविरुद्ध सान्त्वना जित हात पारेको छ । आज भएको खेलमा ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले हङकङमाथि ६ विकेटले जित निकालेको हो । १ सय ५ रनको लक्ष्य पच्छ्याएको नेपालले १९ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । खड्काले ४३ बलमा ४७ रन…