काठमाडौं । साइबर ब्यूरोले युट्युब र टिकटकजस्ता सामाजिक सञ्जालमा तस्बिर र भिडियो राख्दा गम्भीर अपराधका पीडितको गोपनीयताको ख्याल गर्न अनुरोध गरेको छ । शुक्रबार ब्यूरोले एक सूचना जारी गर्दै प्रविधिको दुरुपयोग गरी युट्युब र टिकटक जस्ता सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धानलाई प्रभावित पारेर पीडितको गोपनीयता ख्याल नगरिएको भन्दै गम्भीर बन्न आग्रह गरेको हो ।…