काठमाडौं, वैशाख ४ । एनसेलले सरकारलाई कोरोनाभाइरस संक्रमित पहिचान गर्न सहयोग गर्ने भएको छ । एनसेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहकार्यमा सरकारलाई कोरोनाभाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्याउन ‘यूएसएसडी’ माध्यमबाट सर्वेक्षण सुरु गरेको छ । यो सर्वेक्षणमा एनसेलका ग्राहक÷सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एक्स्ट्रिक्स १७१०० ह्यास डायल गरी कोरोनाभाइरस रोगसँग सम्बन्धित पाँचओटा प्रश्नहरुको जवाफ…