काठमाडों, माघ २ । एम्नेष्टी इन्टरनेशनलले नेपाल सरकारले ल्याएको सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रतामाथिको खतरा भएको जनाएको छ । सूचना प्रविधि विधेयकमा विद्युतीय माध्यमबाट स्वतन्त्र रूपमा विचार अभिव्यक्त गर्नेहरूका लागि ठूलो जेल सजायँ र चर्को जरिवानाको व्यवस्था गरिएको भन्दै त्यसले अभिव्यक्ति स्वतन्त्रता खतरा पर्ने एम्नेष्टीले जनाएको हो । विहीबार विज्ञप्ति निकाल्दै एम्नेष्टीले विधेयकलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप…