काठमाडौं, वैशाख १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिकरुपमा अन्त्य गरिनुपर्नेमा जोड दिएका छन् । ‘इन्टरनेसनल गर्ल्स इन आइसिटी डे’का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार राजधानीमा गरेको कार्यक्रममा उनले कानुनीरुपमा महिलामाथि विभेद नभएपनि यसले व्यावहारिक रुप लिन नसकेको बताए । यसमा सुधार गर्न सरकार र सरोकारवाला संघ–संस्थाले पहल गर्नुपर्नेमा उनले…