काठमाडौं, असार २० । नेपाल टेलिकमले भूकम्पबाट अतिप्रभावित चार जिल्लाका विभिन्न स्थानमा इन्टरनेट सेवा सन्चालनमा ल्याएको छ । नेपाल दूरसन्चार प्राधिकरणले दिएको जिम्मेवारी टेलिकमले तोकिएको समयभन्दा एक महिनाअगावै सम्पन्न गरी सेवा सन्चालनमा ल्याएको पनि जनाइएको छ । प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरी भूकम्पबाट अतिप्रभावित चार जिल्लाका ७४७ सेवा केन्द्रमा २०७५ असार मसान्तसम्म इन्टरनेट सेवा उपलब्ध…