झापा, जेठ ३१ । इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ । अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब निरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । इप्रकाको कार्यप्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रनानि कोइरालाले भने, ‘यो प्रविधिले अपराधीमात्र…