८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


धनगढी उपमहानगरपालिकामा सूचना–प्रविधि केन्द्रको स्थापना

सोमबार सूचना–प्रविधि केन्द्रको शुभारम्भ गर्दै मेयर नृप ओडले सूचना–प्रविधि केन्द्र स्थापना गर्ने धनगढी उपमहानरपालिका मुलुककै चौथो स्थानीय तह बनेकामा खुसी व्यक्त गरे । स्थानीय जनतालाई सुसूचित गर्न नगरका हरेक गतिविधिलाई सूचना–प्रविधिसँग जोड्ने उद्देश्यले सूचना प्रविधि केन्द्रको स्थापना गरिएको उपमहानगरपालिकाले जनाएको छ । सेसी नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा सूचना–प्रविधि केन्द्र स्थापना गरिएको हो ।…