काठमाडौं, चैत १८ । काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न स्थानहरुमा निःशुल्क वाइफाई इन्टरनेट सेवा संचालन गर्ने भएको छ । सेवा संचालनका लागि काठमाडौं महानगरपालिका र वल्र्ड लिङ्क प्राइभेट लिमिटेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षर भएको ६० दिनभित्र सेवा संचालनमा आइसक्न काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले काठमाडौंको रत्नपार्क, बसन्तपुर, हनुमानढोका, बालाजु बाइस धारा,…