नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीचको क्रसबोर्डर अप्टिकल फाइबर लिंक शुक्रबारदेखि व्यावसायिक सन्चालनमा आएको हो । नेपाल चीनसँग इन्टरनेट सञ्जालमा जोडिएसँगै नेपालमा भारतीय इन्टरनेट एकाधिकार तोडिएको छ । शुक्रबार टेलिकम कार्यालयमा आयोजित कार्यक्रममा सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यु होङले संयुक्तरुपमा सो नेटवर्कको उद्घाटन गरे । अब नेपाल भारत र…