गतवर्षको सेप्टेम्बर महिनादेखि नियन्त्रणबाहिर पुगेको ८.५ टनको 'स्पेस स्टेशन तियानगोंग–१’ आगामी वर्षको जनवरीदेखि मार्च महिनासम्ममा पृथ्वीमा आएर ठोक्किने 'युरोपियन स्पेस एजेन्सी' (इएसए)का वैज्ञानिकहरुले अनुमान गरेका हुन् । इएसएका वैज्ञानिकहरुले हराइरहेको उक्त 'स्पेस स्टेशन' पृथ्वीको गुरुत्वाकर्षणभित्र प्रवेश गरेपछि आगोको ज्वालासहित स्पेन, इटली, टर्की, ब्राजिल, चीन, भारत र अमेरिकाका भु–भागमा ठोक्किन सक्ने बताएका छन् । वैज्ञानिकहरुले अहिलेदेखि…