सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ स्थित विभिन्न स्थानमा गएको पहिरोमा पुरिएका पाँच जनाको शव भेटिएको छ । पहिरोमा पुरिएका मध्ये ३ महिला र २ जना पुरुषको शव भेटिएको हो । नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको पहिचान भएको छ…