कोलम्बिया, कात्तिक २८ । कोलम्बियामा फेरि शान्ति सम्झौता गरिएको छ । कोलम्बियन सरकार र विद्रोही फार्कबीच मुलुकबाट युद्ध अन्त्य गर्न नयाँ सम्झौता गरिएको हो । सरकार र विद्रोहीबीच भएको शान्तिसम्झौता ६ हप्ताअघि जनमत संग्रहबाट अस्वीकृत भएपछि यस पटक भने त्यहाँको विपक्षी दलसमेतको सहभागितामा नयाँ शान्ति सम्झौता गरिएको हो । जनमत संग्रहबाट उक्त सम्झौता अस्वीकृत गराउन…