कराकस, कात्तिक १२ । राष्ट्रपति निकोलास मडुरोलाई पदत्याग गर्न दबाब दिने उद्देश्यले भेनेजुएलाका प्रमुख प्रतिपक्षी दलहरूले देशभरी विशाल विरोध प्रदर्शन गरेका छन् । १२ घण्टे आम हड्ताल गर्न आह्वान गर्दै प्रदर्शनकारी प्रतिपक्षी नेताहरूले आगामी दिनहरूमा लगातार आन्दोलन गर्ने थप कार्यक्रम पनि अघि सारेका छन् । संसद्मा बहुमत रहेका प्रतिपक्षीहरूले राजधानी काराकसको मूल सडकमा शक्ति प्रदर्शन…