काठमाडौं, भदौ ४ । अमेरिकामा रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले काला समुदायका मतदाताहरुसँग प्रत्यक्षरुपमा मत मागेका छन् । मिचिगनमा लगभग सबै गोरा जातिका दर्शकमाझ सम्बोधन गर्दै ट्रम्पले काला समुदायका मतदाता गरिबीमा बाँचिरहेको र उनीहरु पढ्ने विद्यालय पनि राम्रो नभएको बताए । काला समुदायका लागि डेमोक्रेट्स्ले केही गर्न नसकेको भन्दै आफूले अवसर सिर्जना गर्ने प्रतिबद्धता…