वासिंटन, साउन ३० । अमेरिकाको लुजियानामा भीषण बर्षापछि आएको बाढीमा तीन जनाको मृत्यु भएको छ भने थुप्रै हराइरहेका छन् । बाढीका कारण सयौं घर र सवारीसाधन डुबानमा परेका छन् । हराइरहेकाको खोजीका लागि सयौं उद्धारकर्मी र हेलिकप्टर परिचालन गरिएको छ । गत शुक्रबारदेखि परेको भारी बर्षा र बाढीमा फसेका एक हजार जनाको उद्धार गरिएको छ…