काठमाडौं, साउन १७ । जर्मनीको कोलोन शहरमा टर्किस राष्ट्रपति रिसेप तैयप अर्दोगानको समर्थनमा विशाल र्याली निस्किएको छ । दुई मुलुकबीच राजनीतिक तनाब बढिरहेको बेला दशौं हजारले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ३५ हजारभन्दा बढीको सहभागिता रहेको जर्मनीका सञ्चारमाध्यमहरुले जनाएका छन् । अर्दोगानले दुई हप्ताअघि टर्कीमा भएको विफल ‘कू’ का बारेमा कोलोनमा लिखित सम्बोधन गरेका थिए…