काठमाडौं, साउन १० । भारतमा विद्यार्थी चढेको भ्यान र रेल एक–आपसमा ठोक्किँदा १० जना विद्यार्थीको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको बाराणसीमा सोमबार बिहान भएको दुर्घटनामा ९ जना घाइते भएका छन् । स्कुल भ्यानले सन्तुलन गुमाएपछि रेलसँग ठोक्किँदा दुर्घटना भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । घटनालगत्तै स्कुल भ्यानमा आगजनी भएकाले अधिकांश घाइते जलेका छन्…