अष्ट्रेलिया, असार २६ । अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोल्म टर्वुलले सत्तारुढ कन्जर्भेटिभ गठबन्धनले आमनिर्वाचनमा विजय हासिल गरेको घोषणा गरेका छन् । विपक्षी नेता विल सर्टनले पराजय स्वीकार गरी टर्वुललाई बधाई दिएपछि उनले यस्तो घोषणा गरेका हुन् । गत हप्ता सम्पन्न चुनावमा केही क्षेत्रको मतगणना जारी छ । तर, सरकारले बहुमतका लागि पर्याप्त सिट जित्ने आशा गरेको छ…