काठमाडौं, असार २१ । इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थानको रुपमा लिइने साउदी अरेबियाको मदिनामा आत्मघाती बम विस्फोट भएको छ । मदिनामा रहेको पैगम्बर मुहम्मदको मस्जिद नजिक आत्मघाती आक्रमणकारीले आफूलाई विस्फोट गराएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मस्जिद नजिक रहेको सुरक्षा मुख्यालय आक्रमणको निशाना बनेको बताइएको छ । आत्मघाती विस्फोटमा चार जना सुरक्षा अधिकारीको मृत्यु भएको…