काठमाडौं, वैशाख २७ । उत्तर कोरियाले त्यहाँ रहेका बीबीसीका संवाददातालाई स्वदेश फर्काएको छ ।बीबीसी संबाददाता रुपर्ट विंगफिल्ड हेयससहित तीनजनाको टोलीलाई उत्तर कोरियाली सुरक्षाकर्मीले हिरासतमा लिइ आठ घन्टाको सोधपुछ गरी स्वदेश फर्काएको जनाइएको छ ।उत्तर कोरियाकोबारेमा तथ्यहीन समाचार संकलन र सम्प्रेषण गरेको आरोपमा उनीहरुलाई माफी माग्नसमेत लगाइएको बुझिएको छ ।उत्तर कोरियाका जनताको जीवनचर्याबारे बीबीसीमा रिपोर्ट प्रसारण…