काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौं आउँदै हुनुहुन्छ । उहाँ निजी भ्रमणको सिलसिलामा रानी तेत्सुन पेमा वाङचुकसहित शुक्रबार काठमाडौं आइपुग्ने तालिका छ । भुटानी राजदम्पत्ति करिब पाँच घण्टा काठमाडौंमा रहने र आजै दिउँसो भुटानको राजधानी थिम्पु फर्कनुहुने जनाइएको छ । भुटानका राजा रानी काठमाडौं आउने भएपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ…