काठमाडौं । सस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीको विवादास्पद अभिव्यतिको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार पनि विरोध प्रदर्शन गरेको छ । पशुपतिको वनकाली क्षेत्रमा राप्रपाले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले मन्त्री किराँतीको विरोधमा नारा लगाउनुका साथै तत्काल राजीनमा दिन माग गरेका थिए । कार्यक्रमका बक्ताहरुले किराँतीले राजिनामा नदिएसम्म विरोध कार्यक्रम जारी रहने…