काठमाडौं । मिथिलाञ्चलको ठूलो उत्सव विवाहपञ्चमी महोत्सव आजबाट सुरु भएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन विधि गरिएको हो । भगवान राम र लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन गर्ने गरिन्छ । जनकपुरधाम क्षेत्रमा मंगलवार बिहानैदेखि श्रद्धालु भक्तजनहरुको चहलपहल…