काठमाडौं । नवरात्रीको आठौं दिन आज महाअष्टमी पर्व मनाइँदैछ । आश्विन शुक्ल अष्टमीको दिन मनाइने महाअष्टमीमा नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको रुपमा महागौरी देवीको विशेष पूजा गर्दछन् । महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो । शिव भगवानकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ । दुर्गा भवानीको पूजाका लागि नवरात्रीको अष्टमीले विशेष महत्व राख्दछ । महाष्टमीमा महाकालीको…