काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज धार्मिक यात्रा गर्ने भएको छ । साउनको पहिलो सोमबारको अवसरमा राप्रपाले सोमबार दिउँसो काठमाडौंको मैतीदेवी मन्दिरदेखि पशुपतिनाथ मन्दिरसम्म धार्मिक यात्रा गर्न लागेको हो । राप्रपाले धार्मिक यात्रामा सहभागी हुन सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुमा अपिल समेत गरेको छ । भगवान शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात…