काठमाडौं । एउटा समय महिलालाई बाजा बजाउन बर्जित थियो । तर, अहिले बाद्यवादनमा महिलाको रुचि अपूर्व बढ्न थालेको छ । काठमाडौं उपत्यकाकै सांस्कृतिक वैभव मानिने धिमे बाजा बजाउने टोलीमा महिलाको संख्या उल्लेख्य देखिने गरेको छ । १२ वर्षको उमेरदेखि धिमेबाजा बजाउँदै आएकी भक्तपुरकी इन्दिरा लाछेमस्युले आफ्नै अग्रसरतामा व्यावसायिक रूपमै धिमेबाजाका महिला कलाकार उत्पादन थालेकी छन्…