काठमाडौं । छठ पर्वमा जनकपुरदेखि विरगञ्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चारवटा संगठनले पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा बुधबार जनकपुरदेखि विरगञ्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गर्न लागिएको जानकारी गराइएको छ । २०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल नागरिक अभियान, विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय तथा श्रीराम…