काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को संरक्षक परिषदलाई संघको दशौं महाधिवेशन गर्न जिम्मा दिने परराष्ट्र मन्त्रालयको निर्णयलाई संघका केही सल्लाहकारहरू र पदाधिकारीलेले स्वागत गरेका छन् । संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले मन्त्रालयको उक्त निर्णय स्वाभाविक भएको बताउनुभयो । आचार्यले वर्तमान कार्यसमितिको कार्यकाल पूरा भइसकेकाले विधानको मर्म र भावना अनुरुप संरक्षक परिषदलाई जिम्मा दिने निर्णय उचित…