डडेल्धुरा । कोरोना संक्रमण नियन्त्रणका लागि क्वारेन्टिन बनाइएका डडेल्धुराका विद्यालयहरूमा करोडौको भौतिक क्षति भएको पाइएको छ । रोजगार गुमाएर भारतबाट घर फर्केकाहरूलाई कोरोना संक्रमण व्यवस्थापनका लागि जिल्लाका क्याम्पस तथा विद्यालयहरूलाई क्वारेन्टिन केन्द्र बनाएर राखिएको थियो । यस क्रममा क्वारेन्टिनमा बस्नेहरूले फर्निचर तोडफोड, आगजनी, ईमेल, इन्टरनेट तारको दुरुपयोग गर्दा जिल्लाका २ सय ७८ विद्यालयहरुमा करिब एक…