काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ । आत्मनिर्भर, स्वावलम्बि र उत्पादन वृद्धि हुनेगरी शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्ने उहाँको भनाई थियो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री राईले श्रमलाई सम्मान गर्ने भावनाको जागृत गराउन पनि सरोकारवाला सबै…