मन्त्रालयका अनुसार सोही समयमा ८ हजार ५ सय १३ जनामा भएको परीक्षणमा १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण भएको छ ।
लत सूचना नफैलियोस भनेर उपचारमा संलग्न चिकित्सकहरूले उहाँको स्वास्थ्य अवस्थाबारे सञ्चार माध्यमलाई निरन्तर जानकारी दिइरहेका छन् ।
कोरोनाभाइरसबाट संक्रमितको संख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको अधिकारीहरूले बताएका छन् ।
सरकारीतर्फ ३५ हजार स्वास्थ्यकर्मीको दरबन्दी छ । तर दरबन्दीअनुसारको चिकित्सक र स्वास्थ्यकर्मी सरकारले राखेको छैन । बरु महामारीमा खट्न ६ महिने करारमा २ हजार बढी चिकित्सक भर्ना गर्यो ।
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले जेष्ठ नागरिकलाई घरदैलो उपचार कार्यक्रम सञ्चालन गरेको छ । ‘गाउँपालिकाको चाहना सु–स्वास्थ्य र दिर्घायुको कामना’ भन्ने नाराका साथ स्वास्थ्यकर्मी सहितको टोलीका साथमा जनप्रतिनिधिले घर–घरमा पुगेर
अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्यमा भएको वृद्धिले औषधि उत्पानमा कमी आएको औषधि उत्पादन लिमिटेडका प्रवक्ता टिकाराम अर्याल बताउनुहुन्छ ।
सत्ताघटक दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित अन्य दलहरुले सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगित गरिसकेका छन् ।
२३ हजार ४०९ परीक्षणमा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १० पुगेको छ ।
मन्त्रालयका अनुसार सोही समयमा २ सय ९७ जना निको भएका छन् । देशभर ६ हजार १ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।