काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिला क्लस्टरबाट एमालेकी रूक्मिणी कोइराला निर्वाचित हुनुभएको छ । कोइरालाले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्नुभएको हो ।