मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल राईबाट बल खोस्दै अगाडी बढाएर उपलब्ध गराएको बलमा मेसौकेले उत्कृष्ट गोल गरे ।
धनगढीले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षकमा नाइजेरियाली प्रशिक्षक फुजालाई अनुबन्धित गरेको जनाएको हो । फुजाकै नेतृत्वमा मनाङ मर्स्याङ्दी क्लबले २०७५ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो