नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलले आफ्ना सांसद् नरोत्तम वैद्यमाथि दर्ता भएको मुद्दा संविधानको बर्खिलाप भएको ठहर गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका विभिन्न १५ वटा जनसंगठनहरूले वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री खगराज अधिकारीसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।
‘प्रधानमन्त्री ओलीसँग मेरो व्यक्तिगत रिस छैन,’ सांसद वैद्यले भने, ‘संसदमा निर्धक्क बोल्न पाउने अधिकार प्रयोग गरेर बोलिरहदा मैले स्वतन्त्रतालाई धेरै प्रयोग गरेर त्यस्तो बोल्न पुगेछु। त्यसलाई म फिर्ता लिन चाहान्छु।’