१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माधव नेपाल प्रचण्ड र देउवाको मल बन्न जानुभयो–महेश बस्नेत

केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदा हल्लीखल्ली मच्चाउनेहरु अहिले चुप बसेकोमा उहाँले रोष पोख्नुभयो । उहाँले केपी ओलीले ल्याएको अध्यादेशले राजनीतिक प्रणाली बलियो बनाउनेसमेत दाबी गर्नुभयो ।

आरोप प्रत्यारोपमा अनेरास्ववियू : नेतृत्व हत्याउन जुँगाको लडाईं जारी

अर्कातिर माधव कुमार नेपाल पक्षले २०७७ चैतमा राष्ट्रिय कार्यकर्ता भेला मार्फत सुदेश पराजुलीलाई संगठनको अध्यक्ष तोकेको थियो । अहिले महर र पराजुलीबीच विरासतको लडाईं चलिरहेको छ ।

एमाले फुटको डिलमा पुग्यो– माधव नेपाल

एमालेलाई विभाजनको दिशामा लैजाने काम केपी ओलीले गरिरहेको भन्दै नेता नेपालले ओली अहंकारको घोडामा सवार भएको टिप्पणी गर्नुभयो ।

माधव नेपालसहित १४ सांसद् कारबाहीमा, पदमुक्त गर्न संसद् सचिवालयमा पत्र

यस्तै निर्वाचन आयोगमा समेत १४ सांसद्लाई कारबाही गराएको विषय जानकारी गराइएको बैठकमा सहभागी एक सांसद्ले जानकारी दिनुभयो ।

पार्टीको विधानमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्छु– ईश्वर पोखरेल

शनिबार सुनिता बरालद्वारा लिखित ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गर्दै उहाँले पार्टी भित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा÷तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यकता भएको पनि स्पष्ट पार्नुभयो ।

रोकिएन एमालेको घरझगडा : मध्यमार्गी विन्दु नभेट्दा क्षीण बन्दै एकीकरणको प्रयास

एकतर्फ पार्टीलाई विभाजनबाट जोगाउन पार्टी हित विपरीत गतिविधि नगर्ने सम्झौता गर्ने र अर्कोतर्फ त्यही सम्झौता कुल्चिएर दन्तबजान शीर्षनेताहरूको दैनिकी बनिसकेको छ ।

‘म सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टीभित्र समस्या पैदा भयाे- माधवकुमार नेपाल

शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी भित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि स्पष्ट पार्नु भयो ।

भदौ १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्न कांग्रेस नेता कोइरालाको प्रस्ताव

नेपाली कांग्रेसको १४औं महाधिवेशनको सुनिश्चितता र भावी नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले भदौको १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गरेर महाधिवेशन सुरु गर्न प्रस्ताव गर्नुभयो ।

माधव नेपाल गद्दार हुन्, पार्टीमा ठाउँ छैन– केपी ओली

आफ्नो बहुमत नभएको कमिटीमा जान्न भन्दै नेपालले अध्यक्ष बन्न खोजेको ओलीले आरोप लगाउनुभयो । उहाँले नेता नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

पार्टी फुटाएर सरकारमा नजाने माधव पक्षको निर्णय

सोमबार कोटेश्वरस्थित माधवकुमार नेपालको घरमा भएको विपक्षी गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँगको प्रतिक्रिया दिँदै एमाले नेता रघुजी पन्तले पार्टी फुटाएर आफूहरू सरकारमा नजाने बताउनुभयो ।