मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मंगलबार दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
हरिपुरबाट आएको प्रहरीको भ्यान ईश्वरपुर नगरपालिकाको कार्यालयमा राखिएको थियो । आक्रोशित स्थानीयले नगरपालिका कार्यालयमै पुगेर भ्यानमा आगो लगाएका हुन् ।
आफूहरूलाई दुर्घटना हुनेबित्तिकै जानकारी नगराएर मृत्युपछि मात्र जानकारी दिएको स्थानीयको आरोप छ । घटना राति भए पनि परिवारलाई विहान मात्र जानकारी दिइएको थियो ।
झापाको भद्रपुर नगरपालिका–२ बस्ने २८ वर्षीय कमल सिंह तामाङ सोही नगरपालिका–१ सातलाखे बाँधस्थित धान खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यादव झुण्डिएको सूचना पाउनेवित्तिकै जिल्ला प्रहरी कार्यालय रुपदेहीको प्रहरी नायब उपरीक्षकको प्रहरी टोली त्यसतर्फ गएर अनुसन्धान सुरु गरेको छ ।
मानव बेचविखन तथा ओसारपसार, हत्या, हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग, आत्महत्या, जबरजस्ती करणी जस्ता अपराध ७ दशमलब ५८ प्रतिशतले बढेको छ ।
शनिबार जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा दासको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
भोजपुर केराबारी घर भएका राई दम्पती विगत लामो समयदेखि भक्तपुरमा बस्दै आइरहेका छन् ।
फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो । उनी नेकपा एमालेका स्थानीय नेता हुन् ।
भन्सार शुल्क नतिरेर नेपाल प्रवेश गरेका उनीहरू प्रहरी भएको खुलेपछि भारतीय प्रहरीलाई जानकारी गराइएको छ ।